Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आपतकालीन अवस्थालाई सहज बनाउन रसुवामा पाँच हेलिप्याड निर्माण

आपतकालीन अवस्थालाई सहज बनाउन रसुवामा पाँच हेलिप्याड निर्माण

  • 921
    SHARES
  • आपतकालीन अवस्थालाई सहज बनाउन रसुवामा पाँच हेलिप्याड निर्माण

    रसुवा । ग्रामीण बस्तीको आपतकालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् ।

    images

    नयाँ बनेका हेलिप्याडमा कालिका गाउँपालिका-२ कालिकास्थान र सोही गाउँपालिका-४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले जानकारी दिए ।

    यसैगरी नौ कुण्ड गाउँपालिकाअन्तर्गत सरमथलीडाँडा, पारच्याङको मुनि फाम्चेत लारच्याङटारमा  हेलिप्याड निर्माण भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले जानकारी दिए । ती हेलिप्याडमा परीक्षण उडान गराउन बाँकी रहेका छ्न् ।

    ठूलो घनाबस्ती रहेको भोर्ले, रूप्सेपानी तथा घडेरीडाँडा, लहरेपौवा, डाँडागाउँ एवं ठूलोगाउँमा हेलिप्याड निर्माण गर्ने योजना अझै बन्न सकेको छैन । उत्तरगया क्षेत्रमा आपत्कालीन अवस्थाका लागि भने बेत्रावतीस्थित  फलाखुखोलाको बगरमा हेली अवतरण गराउने गरेका छन् ।

    बेत्रावती बजार आसपास क्षेत्रका लागि विस्तार गरिएका स्थानीय विद्युत् लाइन र चिलिमे जलविद्युत् केन्द्रमा उत्पादित विद्युत्को राष्ट्रिय प्रसारण लाइनसमेत नजीकमै पर्ने भएकाले फलाखु बगरमा हेलिकप्टर अवतरण गराउँदा पाइलटहरूले निकै सावधानी अपनाउने गरेका छन् ।

    गोसाइँकुण्डले भने आफ्ना छवटै वडाअन्तर्गत धुञ्चे, स्याफ्रु, लाङ्टाङ, बृद्विम, टिमुरे, थुमन, क्षेत्रमा हेलिप्याड निर्माण गर्ने कार्य योजना बनाएको उक्त गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

    आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गोल्जुङबेंशी र हाकुको पाङ्लिङमा दुईवटा हेलिप्याड निर्माण गराउने आफ्नो कार्ययोजना भएको जनाउँदै उक्त गाउँपालिका अध्यक्ष बुचुङ तामाङले विस्तृत छलफल गर्न बाँकी रहेको बताए ।

    सदरमुकाम धुञ्चेस्थित साबिकको हेलिप्याड तथा खेलमैदानलाई  सुधार गर्दै फुटबल खेल प्रयोजनका लागि घेराबार लागेकाले  सो स्थानमा सहज रूपले हेलिकप्टर अवतरण गराउने अवस्था छैन ।

  • सम्बन्धित विषय:

  • # रसुवा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology