Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन

ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन

  • 373
    SHARES
  • ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन

    काठमाडौं । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही संचार माध्येमहरूमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहिन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।:

    केही संचार माध्येमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको भनेर समाचार प्रकाशित गरेपछि शनिबार कम्पनीले एक सूचना प्रकाशित गर्दै आफूहरूले बच्चाहरूका लागि डाइपर मात्रै आयत गर्ने गरेको स्पष्ट पारेको हो ।

    ‘विभिन्न संचार माध्येमहरूमा ब्लुप्रिन्ट ट्रेडिङ प्रालिका विषयमा विनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो,’ कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘विभिन्न संचार माध्येममा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहिन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ती छ । ब्लुप्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij