काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताएका छन् ।
पार्टी निर्माण गरेपछि पहिलाेपटक चितवन पुगेका रविले पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने पनि बताए ।
प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए ।
योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए ।
उनले भने, ‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology