Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

बुढीगंगाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित 

बुढीगंगाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित 

  • 352
    SHARES
  • बुढीगंगाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित 

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

    स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

    एमालेका बानियाँले ४ हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएर पराजित भए । खातीलाई १ हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

    यस्तै उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले ४ हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा ९ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij