Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

परम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ : प्रमुख, रास्कोट नगरपालिका [अन्तर्वार्ता]

परम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ : प्रमुख, रास्कोट नगरपालिका [अन्तर्वार्ता]

  • 655
    SHARES
  • परम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ :  प्रमुख, रास्कोट नगरपालिका [अन्तर्वार्ता]

    कालीकोटकाे रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ‘पोषण’ गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका हुन् । ३७ वर्षीय शाही सानै उमेरदेखि माओवादी सशस्त्र द्वन्द्वमा सामेल भएका थिए । समाज परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिएका शाही अहिले आफैं परिवर्तन अनुभुत गराउने ठाउँमा छन् । उनले सर्वसाधारणलाई कसरी परिवर्तनको अनुभुति दिइरहेका छन् ? हेरौं नगरप्रमुख शाहीको जवाफ :

    images

    निर्वाचित भएपछि पहिलो गाउँसभा सकिसक्नु भएको छ । रास्कोटलाई समृद्ध बनाउन के–के योजना प्रस्ताव गर्नुभयो ?

    नगरपालिकामा पहिलो पटक केही नयाँ काम गर्न खोजिरहेको छाैं । सोहीअनुसार नीति तथा कार्यक्रम र बजेटमा कार्यक्रम समावेश गरेका छौं । नगरबस सञ्चालन, सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने लगायत योजना बनाएका छौं । साथै नागरिकको स्वास्थ्यलाई ध्यान दिएर ‘हेलो मेयर, हेल्थ केयर’ कार्यक्रम सञ्चालन, अस्वस्थ, असाह्य, वृद्धवृद्धा, असक्त, सुत्केरी महिला, पालिकास्तर, स्थानीय स्तरमा उपचार पाउन नसकेका नागरिकलाई लक्षित गरेर कार्यक्रम ल्याएका छौं । नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण, घटना दर्ता लगायतका सेवाका लागि शिविर सञ्चालन, रास्कोट क्याम्पसका लागि आवश्यक संरचना निर्माणलाई पनि प्राथमिकता दिएका छौं ।

    यी योजना मात्रैले नगरपालिका आत्मनिर्भर र नगरवासी रोजगार बन्लान् ?

    यसको जवाफ निकै जटिल छ । आत्मनिर्भर नभए रोजगारी सिर्जना हुँदैन, रोजगारीविना आत्मनिर्भर हुन सकिँदैन । नगरपालिकामा बेरोजगारी समस्या विकराल जस्तै छ । विशेषतः युवा जो अर्थतन्त्रको मेरुदण्ड समेत हुन् उनीहरूलाई रोजगार बनाउन नसकिए देश बलियो हुँदैन । सोही अनुसार सरकारले लिएको तीन खम्बे अर्थनीति (सरकारी, नीजि र सहकारी) अनुसार हामी पनि काम गरिरहेका छौं ।

    साना उद्योग सञ्चालन, उत्पादित वस्तुको बजारीकरणलाई जोड दिएका छौं । स्थानीयस्तरमा उत्पादन हुने आलु, स्याउ, ओखर, सिस्नु, फापर, मकै, कोदोलगायत अन्नबालीका सम्भावित परिस्कृत रुप के हुन सक्छ ? त्यसको अध्ययन गरेर युवालाई सञ्चालन गर्न प्रोहोत्साहित गर्ने लक्ष्य राखेका छौं ।

    उपभोक्ताहरू कालो बजारी र मुल्यवृद्धिबाट आजित छन् । यसलाई कसरी समायोजन गर्ने योजना छ त ?

    मैले अघि पनि भने यहाँ उत्पादन भएका वस्तुको बजारीकरण गर्न, दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना छ । स्थानीय तहका उत्पादनलाई विषेश ध्यान दिएर यी पसल सञ्चालनमा ल्याउने सोचेको छौँ । महंगी र कालोबजारी अन्त्य गर्नका लागि सुपथ मूल्य पसलले सहयोग गर्नेछन् । यसका लागि स्थानीय सरकारले स्थानीय, सहकारी वा समूहसँग सल्लाह गरेर काम अगाडि बढाउनेछ ।

    कालीकोट रास्कोट नगरपालिका तीन तहको भू–भागमा पर्छ । यी भू–भागलाई कसरी सदुपयोग गर्नुहुन्छ ?

    नगरपालिकाको तल्लो भागमा सुन्तला, केरा र आँप उत्पादन हुन्छन् । माथिल्लो भागमा स्याउ र ओखर उत्पादन हुन्छन् । बीचको भागमा अन्य नगदे खाद्यबाली र फलफूल उत्पादन हुन्छन् । प्राकृतिक हिसाबले रास्कोट नगरपालिका बरदानका रुपमा रहेको छ । अब माटो परीक्षण गरेर कुन क्षेत्र, कुन ठाउँमा कुन बाली फल्छ भनेर योजना अघि बढाउने छौँ । व्यवस्थित रुपमा अन्नबाली, नगदेबाली र फलफूल उत्पादनमा जोड दिने लक्ष्य छ ।

    शिक्षा क्षेत्रको विकासका लागि के गर्नुभएको छ ?

    तुलनात्मक रुपमा यस नगरपालिकामा रहेका विद्यायलको शैक्षिक अवस्था राम्रै छ । तर भनेअनुसार विकास हुन सकेको छैन । शिक्षामा सुधार होइन अब क्रान्ति गर्नुपर्छ भनिरहेको छु । परम्परागत शिक्षा प्रणालीमा व्यापक परिवर्तनको आवश्यकता छ ।

    स्वास्थ्यमा  पनि एमडीस्तरका चिकित्सकले सेवा दिइरहेका छन् । अब एमडिजीपी डाक्टर ल्याउने तयारीमा छौं । सडक पनि कालोपत्रे हुँदैछ । खानेपानी, नगरभित्रको रिङ रोड बनेको छ । खानेपानी प्रायः सबै घरधुरीमा पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology