Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

श्रीमती कसरी नियन्त्रण गर्ने भन्दै १६ करोडपटक गुगलमा खोजी 

श्रीमती कसरी नियन्त्रण गर्ने भन्दै १६ करोडपटक गुगलमा खोजी 

  • 820
    SHARES
  • श्रीमती कसरी नियन्त्रण गर्ने भन्दै १६ करोडपटक गुगलमा खोजी 

    वाशिंटन । कोरोना भाइरसको महामारी फैलिएपछि सन् २०२० मा मानिसहरु यसलाई नियन्त्रण गर्ने एवं जीवनहरु बचाउने तरिकासँगै पढाई एवं व्यवसायलाई सही मार्गमा ल्याउन जुटेका थिए । त्यही समयमा अमेरिकी पुरुषहरु श्रीमतीलाई कसरी नियन्त्रण गर्ने भनेर गुगलमा खोजिरहेका थिए । यो खुलासा न्युजिल्यान्डको ओटागो विश्वविद्यालयले एक अध्ययनमार्फत गरेको हो । 

    images

    विश्वविद्यालयले अमेरिकामा सन् २०२० मा भएको गुगल सर्चको ट्रयाकिङ गर्दा १६ करोड पाँँच लाखपटक गुगलमा पुरुषहरुले श्रीमती कसरी नियन्त्रण गर्ने एवं अरुले थाहा नपाउने गरी कसरी कुटपिट गर्ने भनेर खोजी गरेको भेटिएको हो । 

    गत वर्षको सुरुवातमै लकडाउनका बेला महिलामाथि घरेलु हिंसा बढेर स्थिति भयावह भएका रिपोर्टहरु सार्वजनिक भइरहेको थियो । 

    जर्नल टेलर एन्ड फ्रान्सिसमा प्रकाशित यस अध्ययनकी लेखिका क्याटरिना स्टेन्डिसले अमेरिकामा आधारित यस अध्ययनमा पुरुषको रुचिदेखि अनिश्चितता, असुरक्षा, निराशा, बाध्यता, पुरुषले गर्ने सांकेतिक इशारासहित हिंसाजस्ता विषय अध्ययनमा समावेश थिए । 

    अध्ययनका अनुसार महिनामाथि दुव्र्यवहारको घटना सन् २०२० मा ३१ प्रतिशतले बढेर १०६ प्रतिशतसम्म पुगेको छ । क्याटरिनाका अनुसार उनको उद्देश्य कोरोना महामारीको समयमा मानिसहरुको घर घरमा के भइरहेको थियो भनेर सजग गराउनु थियो ।

    क्याटरिना भन्छिन्, ‘अमेरिकी तथ्यांक केवल प्रतिनिधिको रुपमा रहेको छ, विश्वव्यापी महामारीको समयमा महिलाहरुले धेरै दुख भोगेका छन् र मलाई लाग्छ उनीहरुले कुनै सहयोग पाएनन् ।’

    महिलाहरुले पनि पुरुष हिंसाबाट बच्न गुगल सर्च गरेका छन् । अध्ययनअनुसार अमेरिकी महिलाले १२२ करोड पटक ‘सहयोग गर्नुहोस्’, १ करोडपटक ‘उसले मलाई मार्छ’ र ३२ करोड पटक ‘उसले मलाई कुटपिट गर्छ’ भनेर गुगलमा खोजी गरेका छन् । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology