Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोलम्बियामा फल्यो संसारकै सबैभन्दा ठूलो आँप

कोलम्बियामा फल्यो संसारकै सबैभन्दा ठूलो आँप

  • 782
    SHARES
  • कोलम्बियामा फल्यो संसारकै सबैभन्दा ठूलो आँप

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो आँप फलेको छ ।

    images

    संसारकै सबैभन्दा ठूलो आँप फलाउने विश्व कीर्तिमान कायम गरेका कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले ४ किलो २ सय ५० ग्राम वजनको आँप फलाएका हुन् ।

    उक्त आँपलाई विश्वकै सबैभन्दा ठूलो दानाको रुपमा प्रमाणित गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले नोभा दम्पतीलाई प्रमाणपत्र दिइसकेको छ ।

    यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमानी कायम गरेका फिलिपिन्सका एक किसानले सन् २००९ मा ३ किलो ४३५ ग्रामको आँप फलाएका थिए ।

    कोलम्बियाको गुआयाटा गाउँमा व्यवसायिक रुपमा आँपखेती नगरे पनि गाउँलेहरुले घरमा खानका लागि आँपका रुख रोप्ने गरेका छन् । घरमै खानका लागि रोपेको आँपको रुखले विश्व किर्तिमान कायम गरिदिएपछि अहिले गाउँकै पहिचान विश्वव्यापी बनेको छ ।

    उक्त आँपलाई सबैभन्दा ठूलो आँप फलको रुपमा प्रमाणित गरेसँगै आधिकारिक रुपमा त्यसलाई काटियो र त्यहाँ उपस्थित सबै जनालाई खान दिएर उत्सव मनाइएको थियो ।

    गिनिज वल्र्ड रेकर्डस् डटकमबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology