Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली उत्पादन हुने

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली उत्पादन हुने

  • 456
    SHARES
  • साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली उत्पादन हुने

    काठमाडौं । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ ।

    कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए ।

    आयोजनाले पटक-पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र त्यस समय भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ ।आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ ।

    गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ । ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ’, वस्तीले भने ।

    ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ ।

    आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिकरूपमा बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेपनि बढेर हाल ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ ।

    आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रूपैयाँ ४० पैसा र वर्षायाममा ४ रूपैयाँ ८० पैसा हुने गरी प्रवर्द्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij