Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सत्तारुढ एमालेले नै भन्यो- कोरोना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्छ

सत्तारुढ एमालेले नै भन्यो- कोरोना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्छ

  • 845
    SHARES
  • सत्तारुढ एमालेले नै भन्यो- कोरोना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्छ

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटिको बैठक केही बेरअघि सम्पन्न भएको छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो । 

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    ‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ बैठकपछि पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    साथै पार्टीको सबै कमिटीलाई कोभिडविरुद्धको लडाइँ लड्न पनि नेतृत्वले निर्देशन दिएको छ ।

    181060242_3042132586074016_5588633224440602453_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology