Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

केन्द्रीय कार्यसमिति बैठकमा डिलाले भनिन्– विभाग गठन र भातृ तथा शुभेच्छुक संस्थालाई छिट्टै पूर्णता दिनुपर्‍यो

केन्द्रीय कार्यसमिति बैठकमा डिलाले भनिन्– विभाग गठन र भातृ तथा शुभेच्छुक संस्थालाई छिट्टै पूर्णता दिनुपर्‍यो

  • 550
    SHARES
  • केन्द्रीय कार्यसमिति बैठकमा डिलाले भनिन्– विभाग गठन र भातृ तथा शुभेच्छुक संस्थालाई छिट्टै पूर्णता दिनुपर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले विभाग गठन र भातृ तथा शुभेच्छुक संस्थालाई छिट्टै पूर्णता दिनुपर्ने बताएकी छिन् । पार्टी मुख्यालय ललितपुरको सानेपामा आज सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले विभागको गठन र भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने बताएकी हुन् । 

    ‘भातृ तथा शुभेच्छुक संस्था नेपाली कांग्रेसको मेरूदण्ड र संगठनको आधारशीला हो । यिनीहरूको क्रियाशीलताबिना पार्टी बलियो हुन सक्दैन । भातृ संस्थाको अधिवेशन समयमै हुन नसक्दा तदर्थ समिति गठन गरिएको छ । त्यो समितिलाई छिटै पूर्णता दिई संगठनको विस्तार, परिचालन र सुदृढीकरण गरिनु पर्दछ,’ डा.संग्रौलाले बैठकमा भनिन्, ‘कांग्रेसको विधानमा ६ महिनाभित्र केन्द्रीय विभाग सहितका संरचनाहरूलाई पूर्णता दिनु पर्ने व्यवस्था छ । विभाग गठनले पार्टीको संगठनमा नयाँ ऊर्जा र गतिशीलता प्रदान गर्न महत्त्वपूर्ण भूमिका रहन्छ । यसलाई छिटो भन्दा छिटो पूर्णता दिनु जरूरी छ ।’

    अर्को प्रसंगमा संघीय सांसदसमेत रहेकी डा.संग्रौलाले कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल बिचको चुनावी तालमेलका कारण धेरै सिट जित्न सफल भएको बताइन् ।

    उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गराउन जागरण अभियान सञ्चालन गर्नुपर्ने पनि बैठकमा धारणा राखिन् ।

    उनले भनिन्, ‘पार्टी संगठनभित्र नेता, कार्यकर्ता र जनतालाई जोड्ने महत्त्वपूर्ण कडी हो । जसको माध्यमबाट वैचारिक, सांगठनिक, सुदृढीकरण र परिचालनमा नयाँपन आउने गर्दछ । स्थानीय निर्वाचनमा संचालन गरिएको “घर–घर जाऔं कांग्रेस जिताऔं” अभियानले पहिलो पार्टी बन्न परिणाम दियो । आगामी निर्वाचनभन्दा अगाडि “प्रदेश र संघको सरकार समृद्धि आधार” सहित जनताको घर आँगनमा जागरण अभियान संचालन गरिनु पर्दछ ।’

    केन्द्रीय सदस्य डा.संग्रौलाले अब छिटै नै नीति अधिवेशन गर्नुपर्ने जरूरी रहेको पनि बताइन् ।

    पार्टी संचालनमा पार्टीका सभापतिको साथै पदाधिकारीको भूमिका पनि महत्त्वपूर्ण रहने बताउँदै उनले अहिलेको नेतृत्व हेर्दा पार्टी सभापतिमा परिपक्क नेतृत्व देखिएको र पदाधिकारीमा अधिकांश युवापींढि आएका कारण पार्टी संचालनमा नयाँ वा रूपान्तरण भएको नदेखिएको भनाइ राखिन् ।

    उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताइन् ।  

    डा.संग्रौलाले कांग्रेसको आगामी चुनावी रणनीति र राष्ट्रिय राजनीतिमा कांग्रेसको अवस्थाबारे पनि बैठकमा बोलिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij