काठमाडौं । घुस रकमसहित पक्राउ परेका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
महोत्तरीको श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गर्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग ५० हजार घुस लिएका थिए ।
घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते आयोगको टोलीले दुबै जनालाई पक्राउ गरेको थियो । अनुसन्धानबाट दुबै जनाले घुस लिएको देखिएपछि आयोगले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो ।
दुबै जनाविरुद्ध जनही ५० हजार विगो मागदावी राखेर आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology