Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

सरकारी सेवालाई कागजरहित बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारी सेवालाई कागजरहित बनाउने प्रधानमन्त्रीको घोषणा

  • 161
    SHARES
  • सरकारी सेवालाई कागजरहित बनाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने घोषणा गरेका छन् ।

    चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, ०७८ का अवसरमा आइतबार सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । 

    ‘आम नागरिकलाई कम समय र कम लागतमा बिनाझन्झट र बिनाहैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न  सहज हुनेछ, जो जहाँ रहे पनि फेस टू फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श गर्ने अवसर प्राप्त भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत्तरदक्षिण एवम् जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको कार्य द्रुततर रुपमा अगाडि बढाइएको जानकारी गराए । 

    ‘सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी कार्य अगाडि बढाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

    सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा सम्पूर्ण विश्व नै एक गाउँमा रुपान्तरण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले आर्थिक सामाजिक रुपान्तरण एवम् दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको बताए ।

    विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह एवम् सामाजिक अन्तरक्रियालगायतका विषयमा आधारभूत परिवर्तन आएको प्रधानमन्त्रीको भनाइ छ । 
     
    ‘डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवम् विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउने र सुशासन, समृद्धि र विकासका लागि नेपाल सरकारले रुपान्तरणकारी आयोजनाका रुपमा डिजिटल नेपाल फ्रेमवर्क, ०७६ कार्यान्वयनमा ल्याएको छ,’  प्रधानमन्त्री ओलीले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, सहरी पूर्वाधार, वित्त, डिजिटल फाउन्डेशनलगायत आठ क्षेत्र र असी वटा डिजिटल पहलहरु समेटिएका छन् ।’

    इन्टरनेट अत्यावश्यक सेवा

    सोही अवसरमा प्रधानमन्त्री ओलीले इन्टरनेटलाई अत्यावश्यक सेवामा समावेश गरिएको बताएका छन् । नीतिगत तथा कानूनी सुधारमार्फत सूचना प्रविधि क्षेत्रमा थप लगानीको वातावरण निर्माण गरिएको प्रधानमन्त्री ओलीको दाबी छ । 

    ‘साइबर अपराध नियन्त्रण तथा साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने । 

    सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको र सूचना प्रविधिसम्बन्धी विधेयक सरकारले संघीय संसद्मा पेश गरिएको प्रम ओलीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology