Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

अनलाइन पढ्ने विद्यार्थीलाई सरकारले छुट्टै सीमको व्यवस्था गर्छः प्रधानमन्त्री ओली

अनलाइन पढ्ने विद्यार्थीलाई सरकारले छुट्टै सीमको व्यवस्था गर्छः प्रधानमन्त्री ओली

  • 262
    SHARES
  • अनलाइन पढ्ने विद्यार्थीलाई सरकारले छुट्टै सीमको व्यवस्था गर्छः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई पठनपाठनका लागि छुट्टै सीमकार्डको व्यवस्था मिलाउने सरकारको तयारी रहेको बताएका छन् ।

    कोरोना संक्रमणका कारण भौतिक रुपमा विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि सरकारले यस्तो तयारी गरेको जानकारी दिए ।   

    चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, ०७८ का अवसरमा आइतबार सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।    

    प्रधानमन्त्री ओलीले विश्वव्यापी कोभिड-१९ को महामारीका कारणले अवरुद्ध विद्यालयको पठनपाठनलाई वैकल्पिक माध्यमबाट सुचारु गर्न आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी पूर्वाधार निर्माण तथा विद्यार्थीलाई आवश्यक सीमको व्यवस्था मिलाइएको जानकारी दिए । 

    कोभिड-१९ महामारीको कठिन समयमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट जीवनरक्षाका लागि सुरक्षित रहन, सतर्कता अपनाउन, सचेतना जगाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएकाले वर्तमान कठिन परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको महत्व र आवश्यकता अझै बढेको प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology