वेबटिभी खबर
इलाम । इलाममा ‘नाइरोबी फ्लाइ’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन्।
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको किराको टोकाइले यसको संक्रमण हुने जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का संक्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने, ‘किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।’
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता संक्रमित फेला पर्न थालेका हुन् । संक्रमितको छाला रातो हुने, फोका-फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् ।
स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरेका छन् । यसबाट विशेषगरी बालबालिका र वृद्ववृद्वलाई जोगाउनु पर्ने उनीहरूको सुझाव छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij