वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को डा.बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौं सुरु भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि डा.भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।
यादव पक्षको बैठक बुधबारदेखि वीरगंजमा हुँदै छ । डा.भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ ।
बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी छन् ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij