Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हामीले पार्टी विभाजन चाहेका छैनौं : महिन्द्रराय यादव

हामीले पार्टी विभाजन चाहेका छैनौं : महिन्द्रराय यादव

  • 524
    SHARES
  • हामीले पार्टी विभाजन चाहेका छैनौं : महिन्द्रराय यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् पूर्वमन्त्री महिन्द्रराय यादवले आफ्नो समूहले विभाजन नचाहेको बताएका छन् ।

    काठमाडाैंमा मंगलबार संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको विस्तारित बैठकमा बोल्दै उनले आफूहरूको तर्फबाट विभाजनको रेखा नकोरिने प्रष्ट्याएका हुन् ।

    ‘हामीले विभाजन चाहेका छैनौं तर उहाँ (कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूह) हरूले पनि सोच्नुपर्‍यो,’ उनले भने, ‘उहाँहरूले सोच्नुभएन भने जिम्मेवारी उहाँको हुन्छ । हाम्रो तर्फबाट विभाजनको रेखा पनि कोरिँदैन ।’

    वीरगंजमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा आफूहरूले असुरक्षित महसुस गरेकाले जान नसकेको बताए । उनले भने,‘हामी जान तयार थियौं । तर हामीलाई बाइपास गरियो । छलफल नगरेर त्यो बैठक हामीलाई असुरक्षित अनुभव भयो ।’ 

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij