Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

महेन्द्रराय यादव भन्छन्– वीरगंजमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो

महेन्द्रराय यादव भन्छन्– वीरगंजमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो

  • 985
    SHARES
  • महेन्द्रराय यादव भन्छन्– वीरगंजमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता महेन्द्रराय यादवले पार्टी नेतृत्वहरूबाट वीरगंजमा केन्द्रीय समितिको विस्तारित बैठक राखेका कारण असुरक्षा महसुस भएकाले जान नसकेको बताएका छन् ।

    images

    आज काठमाडौंमा आयोजित नेता डा.बाबुराम भट्टराई पक्षधरहरूको केन्द्रीय समितिको विस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

    बैठकमा उनले भने, ‘वीरगंजको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के असुविधा थियो र वीरगंजमा पार्टीको विस्तारित बैठक गर्नुपर्यो ?’ 

    उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरू साथीहरूलाई पनि पार्टी एकढिक्का राख्न आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology