Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

उपेन्द्रलाई बाबुरामले भने– वीरगंजको बैठक स्थगित गरेर वार्तामा आउनुस्

उपेन्द्रलाई बाबुरामले भने– वीरगंजको बैठक स्थगित गरेर वार्तामा आउनुस्

  • 862
    SHARES
  • उपेन्द्रलाई बाबुरामले भने– वीरगंजको बैठक स्थगित गरेर वार्तामा आउनुस्

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगंजको बैठक स्थगित गरेर उपेन्द्र यादव पक्षलाई वार्ता गर्न आह्वान गरेका छन् ।

    images

    काठमाडौंमा मंगलबारबाट सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

    डा.भट्टराईले वीरगंजमा बोलाएको बैठकमा आफूहरूलाई नबोलाएको नगएको बताए । उनले आफूहरूको बैठक नै वैधानिक रहेको पनि दाबी गरे ।

    जसपाका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिई एकलौटी रूपमा वीरगंजमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको डा.भट्टराईकाे भनाइ छ ।

    जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रूपमा निर्माण गर्न लागेको बताउँदै डा.भट्टराईले संख्या र बहुमत आफूसँग रहेको दाबी गरे ।

    २३० जना केन्द्रीय सदस्य र १० सांसद आफ्नो पक्षमा रहेको दाबी पार्टीका ४९९ मध्ये २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा.भट्टराई पक्षले जानकारी दिएको छ । सो हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको रहेको बताइएको छ ।

    पार्टीमा केन्द्रीय सदस्यको कूल संख्या ४९९ रहेका छन् । २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको डा.भट्टराई पक्षको दाबी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology