Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा

आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा

  • 543
    SHARES
  • आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा

    गुरु परम्परा सनातन परम्परा हो । गुरुकुल हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो । पौराणिक प्रसङ्गमा उल्लेख गरिएअनुसार भगवान् राम, श्रीकृष्ण, बुद्ध लगायत सबैले गुरु परम्परामा रहेरै शिक्षाग्रहण गर्नु भएको शास्त्रमा उल्लेख गरिएको छ ।

    हरेक वर्ष आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिलाई गुरु पूर्णिमाका रुपमा मनाउँदै आएका छौं । यसवर्ष आषाढ २९ गते बुधबार परेको छ । गुरु पूर्णिमा व्यास पूर्णिमाको नामले पनि प्रसिद्ध रहेको छ । यस दिन महाभारतका रचयिता कृष्ण द्वैपायन व्यासको जन्मदिन पनि रहेकाले यसको महत्त्व झनै उच्च रहेको शास्त्रमा उल्लेख गरिएको छ । उनले चारै वेद रचना गरेकाले पनि वेद व्यास भनेर भनिएको छ ।

    यसदिन अन्धकारबाट ज्ञानको ज्योति देखाइदिने गुरुहरूको विशेष पूजा तथा सम्मान गर्ने परम्परा सदीयौंदेखि चलिआएको छ । गुरुका लागि शिष्य सर्वाधिक मूल्यवान हुने भएकाले गुरुले देखाएको मार्गमा हिँडेर शिष्य आफ्नो जीवनमा सफल बनेको देखिनु नै गुरुप्रतिको सम्मन हो । द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासमा गुरु लागिपरेको देखिन्छ । गुरु वृहस्पति  ज्ञानका भण्डार हुन् । सबैलाई समान रुपमा ज्ञानको ज्योति फैलाउने काम गुरुकै भएकाले आजका दिन गुरुको सम्मानमा पूजा गर्ने परम्परा रहिआएको छ । गुरुको महत्त्व सबै दृष्टिकोणबाट अपरमपार छ । आध्यात्मिक शान्ति,धार्मिक ज्ञान तथा सांसारिक निर्वाहका लागि गुरुको दिशानिर्देश महत्त्वपूर्ण रहने गरेको छ । त्यसकारण हरेक व्यक्तिको जीवनमा विभिन्न संकटबाट मुक्ति पाउनका लागि देखाईने मार्गनिर्देशन दिनु नै गुरुको कर्तव्य हो ।

    पछिल्लो समय समाज आधुनिकीकरण तर्फ धकेलिँदै गर्दा विस्तारै गुरुकुलीय परम्परा लोपहुने अवस्थामा आएको परिस्थितिमा यस्ता हाम्रा मौलिक परम्पराका चाडपर्वहरूले केही भएपनि संस्कृति संस्कारको पालना गरेको देखिन्छ  । गुरु पूर्णिमा यस्तो एउटा पवित्र दिन हो उक्तदिन अन्धकारबाट उज्यालो तिर मार्गदर्शक गर्ने काम गुरुको हो । यदि कुनै पनि मानिसले आजको दिन गुरुको पूजा,ध्यान तथा उच्च सम्मान प्रकट गर्नसकेमा समस्त मनोरथ पूर्णहुने शास्त्रमा  उल्लेख गरिएको छ । गुरुबिना कुनै पनि प्रकारका शिक्षाले पूर्णता पाउन सक्दैन । गुरुवाक्य सबैभन्दा शक्तिशाली हुने हुँदा गुरु बिनाको ज्ञान कहिल्यै पूर्ण हुन नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

    यदि कसैलाई शिक्षामा अवरोध भएको छ या लामो प्रयासपछि पनि कार्य सफल हुन सकेको छैन भने गुरु पूर्णिमाका दिन गुरुद्वारा मन्त्र सुनेर नित्य जप गरेमा बाधा अवरोध हटेर जाने शास्त्रमा उल्लेख गरिएको छ । मानिसको तेस्रो आँखाअर्थात ज्ञानको ज्योति खुल्ला गर्नका लागि गुरुमन्त्रद्वारा साधना गरेमा लक्ष्यमा पुग्न सकिने भनेर भनिएको छ । जीवनमा मार्गदर्शन गराउने मुख्य तथा सम्मानित व्यक्ति नै गुरु हो या ज्ञानको अर्कोरुप भनेकै गुरुको हो ।

    संसारमा हरेक वस्तु दिँदा सकिन्छ तर विद्या मात्रै एउटा यस्तो वस्तु हो जुन जति दियो त्यो भन्दा १०८ गुणा बढेर जान्छ । त्यसैले ज्ञान दिने जतिपनि हुनुहुन्छ उहाँको सम्मानमा गुरु पूर्णिमा पर्व मनाउने परम्परा सदीयौंदेखि यथावत् रुपमा चलिआएको छ । मातापिताको आशिर्वाद तथा गुरुको ज्ञान विनाको जीवन नरकतुल्य हुने हुँदा हरेक व्यक्तिले सर्वप्रथम आफ्नो प्रथम गुरुका रुपमा आफ्ना मातापिता र गुरुको आदर पूर्वक सम्मान गर्न सक्नु नै गुरु पूर्णिमाको महत्त्व रहनेछ ।

    लेखक ज्योतिष तथा वास्तुविद् हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology