Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार चाँडै ढल्छः डिला संग्रौला 

लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार चाँडै ढल्छः डिला संग्रौला 

  • 949
    SHARES
  • लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार चाँडै ढल्छः डिला संग्रौला 

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डा.डीला संग्रौलाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार चाँडै ढल्ने बताएकी छिन् । षड्यन्त्रपूर्वक बहुमत पुर्याएर सत्ता टिकाएर यो सरकारले संविधानको अपमान गरेकोसमेत उनले आरोप लगाएकी छिन् । 

    images

    ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको पदीय स्वार्थमा प्रदेश प्रमुखसमेत मुछिएर नेपालको संविधान २०७२ र त्यससँग सम्बन्धित  ऐन नियमहरुको धज्जी उडाउने काम भएको छ,’ संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जो रक्षक उही भक्षक भएपछि कस्को के लाग्दो रहेछ ! संघ र प्रदेश उस्तै-उस्तै देखिए । अब तमाम जनप्रतिनिधि र जनता  जाग्नुको बिकल्प रहेन, संविधान रक्षाका लागि ।’

    उनले मुख्यमन्त्री  पोखरेलको पुनःनियुक्ति घोर अलोकतान्त्रिक रहेको टिप्पणी गर्दै पोखरेल नेतृत्वको सरकारलाई बालुवाको घरको संज्ञा दिएकी छिन् । ‘बालुवाको घर भत्केझैं भत्किनेवाला छ । एकरात पनि टिक्न नसक्ने षड्यन्त्र ओलि र शंकर  पोखरेल दुवैले गरे,’ उनले आक्रोस पोख्दै प्रशन गरेकी छिन्, ‘ओली गुरु शंकर चेला दुवैको मिलोमतोमा लोकत्रन्त्रको उपहास ! के नेपाली  जनताले टुलुटुलु हेर्लान् र ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology