वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभाको उपसभामुख नेपाली कांग्रेसलाई दिने सहमति भएको छ। झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसलाई दिन गठबन्धनका नेताहरु सहमत भएका हुन्।
सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेसँगै प्रतिनिधि सभाले उपसभामुख पाउने पक्का भएको हो । २०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै उपसभामुख पद खाली भएको हो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij