Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

तटस्थ बसेका सांसद र केन्द्रीय सदस्यलाई फकाउँदै बाबुराम पक्ष

तटस्थ बसेका सांसद र केन्द्रीय सदस्यलाई फकाउँदै बाबुराम पक्ष

  • 1.4K
    SHARES
  • तटस्थ बसेका सांसद र केन्द्रीय सदस्यलाई फकाउँदै बाबुराम पक्ष

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को पछिल्लो विवादमा तटस्थ बसेका सांसद र केन्द्रीय सदस्यलाई जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले फकाउने अभियान सुरु गरेका छन् ।

    जसपाको आन्तरिक विवादका कारण डा.भट्टराई र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्यो । डा.भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार सकियो भने उपेन्द्र यादव पक्षको बैठक आज सकिँदैन । डा.भट्टराई पक्षले काठमाडौंको जडीबुटीमा बैठक गरेको थियो भने वीरगंजमा उपेन्द्र यादव पक्षको बैठक बसिरहेको छ ।

    दुवै बैठकमा केन्द्रीय सदस्य र सांसद बाँडिएका छन् । तटस्थ बसेका कतिपय सांसद र केन्द्रीय सदस्यलाई डा.भट्टराई पक्षले अहिले फकाउन प्रयास गरिरहेका छन् । केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जसपाका कार्यकारिणी सदस्यसमेत रहेका सांसद राजकिशोर यादवलगायतका नेतालाई भेटेका छन् ।

    गौरीघाटस्थित राजकिशोर यादवको निवासमा भएको भेटघाटमा नेता पाण्डेले जसपा (डा.भट्टराई पक्ष) मा बहुमत कायम गर्नमा सहयोग गर्न आग्रह गरिएको स्रोतले जनाएको छ ।

    पार्टीलाई वैकल्पिक शक्ति तथा समावेशी बनाउन नयाँ ढंगले अगाडि बढ्नुपर्ने पाण्डेको आग्रह थियो । यादवको पक्षमा बहुमत पुगे पार्टी एकलौटी रूपमा अगाडि बढ्ने र तानाशाही बन्ने हुँदा पार्टी बचाउनका लागि भएपनि जसपामा बहुमत कायम गर्न सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएको छ ।

    छलफलमा सहभागी एक सांसदका अनुसार त्यसको जवाफमा नेता राजकिशोर यादवले पार्टी विभाजनको पक्षमा आफू नरहेको प्रतिक्रिया दिएका थिए । आफू पनि यादवको क्रियाकलापबाट सन्तुष्ट नरहेको कुरा राख्दै यादवले बैठकपछि पार्टीको अवस्था के हुने हो, त्यो हेरेर मात्र आफूले कुनै निर्णय लिने जानकारी नेता पाण्डेलाई दिएका थिए ।

    यादवले कारबाही गर्देलान् भन्ने डरले धेरै केन्द्रीय सदस्य वीरगंजको बैठकमा गएको डा.भट्टराई पक्ष स्रोतको भनाइ छ । बहुमत सांसद् पनि डा.भट्टराईकै पक्षमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij