वेबटिभी खबर
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखका लागि नेपाली कांग्रेस सांसद् पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छिन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।
सत्ता गठबन्धनले उपसभामुख कांग्रेसलाई छोडिदिएपछि गठबन्धनको तर्फबाट भुसालले उम्मेदवारी दिएकी हुन् ।
मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपसभामुखको लागि शुक्रबार(भोली) निर्वाचन हुने कार्यतालिका रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij