Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उपसभामुखमा एमालेको उम्मेदवार विद्या भट्टराई

उपसभामुखमा एमालेको उम्मेदवार विद्या भट्टराई

  • 372
    SHARES
  • उपसभामुखमा एमालेको उम्मेदवार विद्या भट्टराई

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्को उपसभामुखमा सांसद विद्या भट्टराई अघि सारेको छ । उपसभामुखका लागि बिहीबार एमालेले संसद् सचिवालयमा मनाेनयन प्रक्रिया अघि बढाएकाे हाे ।

    पार्टीभित्र भट्टराईकाे उम्मेदवारीबारे छलफल गरेर निर्णयमा पुगिएकाे एमाले स्राेतले जनाएकाे छ ।

    भट्टराईकाे प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा एमाले नेता कृष्णभक्त पोख्रेल रहेका छन् ।

    सत्ता गठबन्धको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् ।

    गठबन्धका अन्य दलहरूले उपसभामुख कांग्रेसलाई छाडेपछि कांग्रेसले भुसालाई उम्मेदवार बनाएकाे हाे । 

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै उपसभामुखको लागि भोलि शुक्रबार निर्वाचन हुने कार्यतालिका रहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij