Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ : माओवादी अध्यक्ष प्रचण्ड

वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ : माओवादी अध्यक्ष प्रचण्ड

  • 183
    SHARES
  • वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ : माओवादी अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।

    विकल्प फाउण्डेशनले आयोजना गरेको विज्ञान तथा सूचना-प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिष्ट एकता गराएकै हो । अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।’

    उनले वैज्ञानिक विचार राख्नेहरू एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्विको यात्रामा अगाडि बढ्न सकिने धारणा राखे ।

    अध्यक्ष प्रचण्डले विज्ञान र प्रविधिमा आम मानिसको अपरिहार्यता अनुरूप वैज्ञानिक आविष्कार हुँदै आएको छ भन्दै अहिलेको डिजिटलयुगमा मानिसको उत्पादनशक्ति र उत्पादकत्व अभिवृद्विका लागि विज्ञान र प्रविधिलाई उपयोग गरिनुपर्ने खाँचो औंल्याएका छन् ।

    उनले वैज्ञानिकरूपमा सामाजिक रूपान्तरण र नयाँ उत्पादन र उत्पादकत्व शक्ति बढाउन विज्ञानलाई सचेतरूपले प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरे । वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

    उनले वैज्ञानिक विचारधारा, विकास र समृद्विको यात्रामा होमिएका राजनीतिक शक्तिहरूबीच यो छलफललाई अझ व्यवस्थित र योजनाबद्धरूपले अभियानकै रूपमा अघि बढाउन जरूरी भएको उल्लेख गरे ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology