Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

परीक्षामा लापारबाही गर्ने शिक्षकलाई कारबाही  

परीक्षामा लापारबाही गर्ने शिक्षकलाई कारबाही  

  • 658
    SHARES
  • परीक्षामा लापारबाही गर्ने शिक्षकलाई कारबाही  

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत सञ्चालित परीक्षाका प्रश्नपत्रको विभिन्न विवादित विषयमा संलग्न शिक्षकलाई कारबाही गरिएको छ । व्यवस्थापन संकायअन्तर्गत वीवीएस छैटौं सेमेस्टरको सञ्चालित परीक्षामा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिएकाे हाे । 

    images

    व्यवस्थापन संकायअन्तर्गत वीवीए छैटौं सेमेस्टरको असार २२ गते सञ्चालित परीक्षामा ओरिजिनल बिह्यवियर विषयका परीक्षामा प्रश्न प्रत्र निर्माणकर्ता शिक्षकले मोर्डेन नेपाल कलेजको प्रि–बोर्डमा सोधिएको प्रश्न हुबहु डीन कार्यलयमा बुझाएको र उक्त परीक्षामा तिनै प्रश्न सोधिएको थियो ।

    परीक्षा सञ्चालन भइसकेपनि उक्त परीक्षा रद्द गरी पुन साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै परीक्षाको मर्यादा विपरीत कार्य गर्ने शिक्षकलाई तीन वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा नगराउने निर्णय गरेको छ । त्यसैगरी तीन वर्षसम्मका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसमा प्रध्यापन कार्यमा समेत संलग्न नगराउने भएको छ ।

    त्यसैगरी वीवीए छैटौँ सेमेस्टरकै नेपाल सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षामा सोसोलोजि विजनेससँग सम्बन्धित प्रश्न सोधिएको प्रति पनि विश्वविद्यालयले तीन वर्षसम्म कुनै पनि परीक्षामा र आंगिक क्याम्पसमा प्रध्यापन कार्यमा रोक लगाएको छ ।

    tu-1-724x1024.jpg
    tu-2-724x1024.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology