Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ई-स्पोर्ट्स व्यवस्थित र सिर्जनशील बनाउन बजेट छुट्याइएको हो : मेयर साह

ई-स्पोर्ट्स व्यवस्थित र सिर्जनशील बनाउन बजेट छुट्याइएको हो : मेयर साह

  • 392
    SHARES
  • ई-स्पोर्ट्स व्यवस्थित र सिर्जनशील बनाउन बजेट छुट्याइएको हो : मेयर साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले ई-स्पोर्ट्सलाई व्यवस्थित र सिर्जनशील बनाउन महानगरले बजेट विनियोजन गरेको बताएका छन् ।

    सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा महानगरले रूटिन अफ नेपाल बन्द नामक संस्थाका सञ्चालकले सुरु गर्न लागेकाे ई-स्पोर्ट्स प्रतियोगिता आयोजनालाई एक करोड रूपैयाँको बजेट विनियोजन गरेकाे चर्चा चलेपछि मेयर साहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको बताएका हुन् ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानकर्षण भएको जनाउँदै मेयर साहले आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बौको आर्थिक योगदान गर्ने विधा भएको जनाएका छन् ।

    नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दै गएको र यही बर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुने भएकाले योग्य नेपाली ई-स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्ने उनकाृ भनाइ छ ।

    कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने उनले उल्लेख गरेका छन् । कुनै एक संस्था वा एक खेलका लागि बजेट सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने पनि उनले जानकारी दिएका छन् ।

    यस बिषयलाई लिएर अतिरञ्जित र अनैतिक रूपमा आफ्नो नाम जोडेर बनाइएका समाचारहरुको पनि उनले खण्डन गरेका छन् । उनले पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न/गराउन पत्रकार तथा सञ्चार माध्यहरूलाई अनुरोध गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij