वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ८४४ जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार १७१ जना सक्रिय संक्रमित रहेका छन् ।
बुधबार ३ हजार १७५ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको थियो ।
बिहीबार ५४ जना संक्रमित बढेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij