Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पार्टी फुटाउने षड्यन्त्र गरेपछि बाबुरामलाई कारबाही गरेका हौँ : उपेन्द्र यादव

पार्टी फुटाउने षड्यन्त्र गरेपछि बाबुरामलाई कारबाही गरेका हौँ : उपेन्द्र यादव

  • 377
    SHARES
  • पार्टी फुटाउने षड्यन्त्र गरेपछि बाबुरामलाई कारबाही गरेका हौँ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरेकाे बताएका छन् ।

    शुक्रबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताएका हुन् ।

    उनले भने, ‘उहाँले पार्टी विभाजन गर्ने गरि षड्यन्त्र गर्नुभयो, त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो ।’

    संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो । भट्टराई सच्चिएर आए पार्टीमा राख्ने सकिने पनि उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij