वेबटिभी खबर
एजेन्सी, मुम्बई । भारतमा लगातार दोस्रो दिन पनि २० हजारभन्दा बढी नयाँ कोराना संक्रमित थपिएका छन् ।
बितेका २४ घण्टामा २० हजार ३८ नयाँ कोरोना संक्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबारको तुलनामा भने केही कम संक्रमित फेला परेको हो । बिहीबार २० हजार एकसय ३९ जना सङ्क्रमित थपिएका थिए ।
हाल भारतमा एक लाख ३९ हजार ७३ सक्रिय सङ्क्रमित छन् भने कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । कोरोना संक्रमण पुन फैलिन थालेसँगै भारतमा बुस्टर डोज खोप अभियानलाई तीव्र बनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij