वेबटिभी खबर
चितवन । चितवन जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । पीसीआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि हुन थालेको हो ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ रहेको छ बताइन् । असार अन्तिम सातादेखि जिल्लामा कोरोना संक्रमण देखिन थालेको उनले जानकारी दिइन् ।
फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना संक्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो । कोरोना संक्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको अधिकृत ढकालले जानकारी दिइन् ।
कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना संक्रमितमध्ये ८ जना होम आइसोलेसनमा र एकजना अस्पतालमा उपचाररत छन् ।
सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरूद्वको खोप लगाउने जस्ता कार्य गर्न उनले अनुरोध गरे । जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड-१९ विरूद्वको खोपको पहिलो मात्रा ५ लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप ४ लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज १ लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij