Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

शिक्षक र विद्यालय कर्मचारीकाे तलबबारे केही कुरा

शिक्षक र विद्यालय कर्मचारीकाे तलबबारे केही कुरा

  • 19.3K
    SHARES
  • शिक्षक र विद्यालय कर्मचारीकाे तलबबारे केही कुरा

    २०७८ साउन १ गतेदेखि सामुदायिक विद्यालयका शिक्षक मध्ये सबैभन्दा धेरै तलबभत्ता बुझ्ने माध्यमिक तह प्रथम श्रेणीका पीछडिएको क्षेत्रमा कार्यरत शिक्षकको मासिक तलब रू.९४,४४१ रहेको छ भने सबैभन्दा कम तलबभत्ता बुझ्ने कार्यालय सहयोगी र बालविकास शिक्षकको मासिक तलब रू ८,००० र विद्यालयका लेखापालको मासिक तलब रू १३,५०० रहेको छ ।

    विद्यालय कर्मचारी र बालविकास शिक्षक प्रत्येकलाई मासिक रू ७,००० स्थानीय तहले थप्नु भनेर संघीय सरकारले निर्देशन दिँदा र सो बापतको बजेट पठाउँदा पनि धेरैजसो स्थानीय तहले सो रकम दिएका छैनन् । केही स्थानीय तहले दिनुपर्ने पूरा रकम नदिएर थोरै मात्र थपि दिएका छन् । केही स्थानीय तहले भने दिनुपर्ने भनिएको पुरै रू ७,००० थपेर दिएका छन् ।

    एकाध स्थानीय तहले आफ्नो स्रोतबाट थप पारिश्रमिक थपेर दिएको भन्ने पनि सुन्नमा आएको छ । एउटै विद्यालयमा काम गर्ने कोही शिक्षकले मासिक तलब रू.९८,४४१ पाउने र कसैले मासिक तलब रू १०,००० मात्र पाउने नेपाल सरकारको कस्तो खाले वैज्ञानिक पारिश्रमिक निर्धारण हो ? यहाँ एउटै विद्यालयमा काम गर्नेका बिचमा पारिश्रमिकको फरक रू ८५ हजार ४ सय ४१ छ । कत्रो विभेद ! कति अन्याय ! कहाँसम्मको अत्याचार ! यसको जवाफ गाउँदेखि काठमाडौंका सिंहदरबारभित्र जनप्रतिनिधिले दिउन् ।

    विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई लामो समयदेखि निरन्तर चरम श्रमशोषण गरिँदै आएकोले एकातिर उनीहरूको आत्मसम्मान र स्वाभिमानमा चोट पुगेको छ भने अर्कोतिर जतिसुकै तनमन लगाई आफ्नो कार्यक्षमता वृद्धि गरेर काममा खटे पनि उनीहरूमाथि गरिएको अमानवीय श्रमशोषणको प्रभावले सरकारी विद्यालय शिक्षालाई नराम्ररी श्राप लागेको छ ।

    त्यसै श्रापको परिणाम हो शैक्षिक प्रतिफल राम्रो हुन नसक्नु । शैक्षिक गुणस्तर बढ्न नसक्नु । शासकहरूमा सद्वुद्धि हराएर कुवुद्धिको मात्र विकास हुनु । शिक्षक र कर्मचारीमाथि शोषण कहिलेमम्म ? श्रमशोषण कसैको गरिनु हुँदैन । यो देशमा त सरकारले नै गुरुहरूको श्रमशोषण गरिरहनाले नै देश भ्रष्टिकरणको दिशातिर उन्मुख भएकोछ । लेखक : खडकबहादुर मौनी

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology