वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
गठबन्धनका शीर्ष नेताहरूले बैठकमा नेताहरुले गभर्नरको विषय उठाएपछि प्रधानमन्त्रीले उक्त धारणा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij