Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गण्डकी सरकारले एक वर्षमा २०० किलोमिटर सडक कालोपत्रे गर्ने

गण्डकी सरकारले एक वर्षमा २०० किलोमिटर सडक कालोपत्रे गर्ने

  • 381
    SHARES
  • गण्डकी सरकारले एक वर्षमा २०० किलोमिटर सडक कालोपत्रे गर्ने

    काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०० किलोमिटरबढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९/०८० मा २०६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट बक्तब्य मार्फत घोषणा गरेको हो ।

    त्यसबाहेक २० वटा सडक पुल निर्माण गर्ने लक्ष्य छ । दुवै कामका लागि एकमुष्ट १० अर्ब विनियोजन गरिएको छ । हालसम्म सडक सन्जालले नछोएका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकामा सडक विस्तारको अध्ययन गर्न दुई करोड विनियोजन भएको छ ।

    आगामी वर्ष झोलुंगे पुल निर्माण गर्न १५ करोड छुट्याएको छ । नेपाल सरकारसँगको सहकार्यमा उत्तर दक्षिण द्रुतमार्गअन्तर्गत भीमाददेखि डेढगाउँ हुँदै त्रिवेणी जोड्ने सडक, शालिग्राम करिडोरलगायतका सडकमा प्राथमिकता दिने भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताए ।

    उनका अनुसार चालू वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे भएको छ भने एक सय ८५ किलोमिटर ग्राभेल भएको छ । आठवटा सडक पुल र चारवटा झोलुंगे पुल निर्माण भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

    पोखरामा प्रदेशस्तरीय बसपार्क निर्माणको थालनी आउँदो वर्षबाट गरिने बताइएको छ । नार्पाभूमि र चुमनुब्रीमा सरकार गठन भएकै दिन दुई वर्षभित्र सडक सन्जाल पुर्‍याउने घोषणा गरिएको थियो ।

    तर हालसम्म कुनै प्रगति भएको छैन । हरेक वर्ष बजेट विनियोजन हुन्छ, तर कार्यान्वयन हुँदैन । नार्पाभूमि पुग्ने सडक बनाउन अघिल्लो वर्ष पनि आठ करोड छुट्याइएको थियो । तर काम भएन । अहिले गाउँपालिकाले आफै डोजर किनेर सडक खन्न थालेको छ ।

    ‘सरकारसँग धेरैपटक भन्यौं । पैसा पनि आयो, तर काम गर्न पाइएन । एक्यापका कारण सडक खन्न मिलेन,’ अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने, ‘केही उपाय नलागेपछि पालिकाले नै डोजर किनेको छ । विस्तारै खन्न थालेको छ ।’

    चुमनुब्री गाउँपालिकाको सीमानाभन्दा चार किलोमिटर वर मात्रै सडक पुगेको छ । तर त्यहाँ पनि मर्स्याङ्दी नदीमा पुल नबनेका कारण गाडी जान सक्दैन । स्थानीयहरू कोतोबाट हिँडेर गाउँ जान्छन् ।

    नार र फू गरी दुई गाउँ रहेको यो पालिका जनसंख्याको हिसावले नेपालकै सबैभन्दा सानो पालिका हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij