Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

  • 765
    SHARES
  • उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    काठमाडौं । उपसभामुख पदमा सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । उनले १४८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एमालकी उम्मेदवार विद्या भट्टराईले  ९३ मत प्राप्त गरिन् । मतदानमा २४२ जना सांसद सहभागी थिए जसमध्ये १ जना तटस्थ रहे ।

    २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  

    हाल प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij