Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कमल थापाको मुद्दामा सर्वोच्चले छलफल गर्न दुवै पक्षलाई ८ साउनमा बोलायो

कमल थापाको मुद्दामा सर्वोच्चले छलफल गर्न दुवै पक्षलाई ८ साउनमा बोलायो

  • 357
    SHARES
  • कमल थापाको मुद्दामा सर्वोच्चले छलफल गर्न दुवै पक्षलाई ८ साउनमा बोलायो

    काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा छलफलका लागि दुवै पक्षलाई ८ साउनमा बोलाएको छ ।

    सर्वाेच्चले के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ? मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आगामी ८ साउनमा निर्वाचन आयोग र निवेदक राप्रपा नेपालका अध्यक्ष थापालाई छलफलका लागि उपस्थित हुन आदेश गरेको छ ।

    राप्रपा अध्यक्ष थापाले चुनाव चिह्न गाई माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट हालेका थिए । सो रिटमा निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, चन्द्रकान्त ज्ञवाली, सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू टीकाराम भट्टराई, नरप्रसाद थापा र भुपेन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए ।

    जज.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij