वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ ।
आजको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । तीमध्ये नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij