वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले आगामी संघ र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि चुनावी अभिया सञ्चालन गर्ने भएको छ ।
सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भदौ २ गतेदेखि २४ गतेसम्म चुनावी अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार बैठकले नयाँ ३ भातृ संस्थालाई पनि मान्यता दिने निर्णय बैठकले गरेको छ ।
यसैगरी स्थानीय निर्वाचन परिचालन समिति र केन्द्रीय परिचालन समितिको प्रतिवेदन अनुमोदन गर्ने,साउन मसान्तभित्र भ्रातृ संस्थाका समितिलाई पूर्णता दिने,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आचारसंहिता लागू गराउने लगायत निर्णय पनि सोही बैठकले गरेको प्रवक्ता महतले जानकारी दिए ।
गत असार २७देखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार सकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij