Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

करार कर्मचारी निस्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

करार कर्मचारी निस्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

  • 564
    SHARES
  • करार कर्मचारी निस्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

    काठमाडौं । कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रूष्ट बनेका कर्मचारीले कतै कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरीदिएका छन् ।

    images

    दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।

    कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले  पनि करारका कर्मचारी हटाएका छन् ।

    दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १०सौँ गाउँसभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

    सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

    ११ असारमा कालीकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो ।

    त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

    दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारको निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ ।

    त्यहाँ पनि करारका कर्मचारी आन्दोेलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगरकार्यपालिको बैठकले गरेको हो ।

    दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो ।

    जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए ।

    कालीकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीय हरिबहादुर बिष्टले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology