Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

सुनचाँदी पसलहरूमा विशेष सुरक्षा निगरानी बढाउन व्यासायीहरूको माग

सुनचाँदी पसलहरूमा विशेष सुरक्षा निगरानी बढाउन व्यासायीहरूको माग

  • 243
    SHARES
  • सुनचाँदी पसलहरूमा विशेष सुरक्षा निगरानी बढाउन व्यासायीहरूको माग

    काठमाडौं । सुनचाँदी व्यावसायीहरूले आफ्ना पसल र शो रुमहरूको विशेष सुरक्षा गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

    सुनचाँदी पसलमा विगतमा भएका चोरी डकैतीका घटनाप्रति नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च सचेत रहे पनि प्रहरी प्रशासनले बन्दाबन्दीको समयमा यस्ता पसलहरुप्रति विशेष निगरानी गरिदिन समेत आग्रह गर्दै मञ्चले काठमाडौं उपत्यकाका सबै प्रहरी वृत्त र प्रभागमा ज्ञापन पत्र बुझाएको छ ।

    सुनचाँदी र हिराका पसलहरूमा अनैतिक फाइदा लिने समूहको सक्रियता बढेको भन्दै यसतर्फ सुरक्षा बढाउन प्रहरी प्रशासनसमक्ष मञ्चले आग्रह गरेको हो ।  

    ‘सुनचाँदी पसलहरुमा बहुमुल्य सामानहरू हुने हुँदा यसको सुरक्षामा छुट्टै खालको चुनौती छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केही सदस्यहरुका पसलमा अनैतिक फाइदा लिने समूहले गरेको असफल प्रयासबाट सम्पूर्ण मञ्चको ध्यान तानिएको छ,’ मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्री र संयोजक डम्बर बराइलीले जारी गरेको ज्ञापन पत्रमा उल्लेख छ, ‘यसर्थ नेपाली जनताको सुरक्षामा खटिरहेको प्रहरीप्रति हाम्रो उच्च सम्मान छ । महामारीको बेला सुरक्षामा चुनौती छ, यसका साथै सुनचाँदी पसलहरु सञ्चालित रहेका स्थानमा विशेष सुरक्षा अपनाउने रणनीति अपनाइदिनु हुन हार्दिक अपिल गर्दर्छौं ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology