वेबटिभी खबर
काठमाडौं । पहिरोले अवरूद्व भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ । आज बिहान ६ बजेदेखि अवरूद्व भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्व भएको थियो । सडकमाथिबाट खसेको पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
राजमार्ग सञ्चालन भएपछि मुग्लिनतर्फ पोखरा आउँदै गरेका र डुम्रेतर्फबाट चितवन र काठमाडौं जाँदै गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला-बेलामा पहिरा खसेर राजमार्ग अवरूद्व हुने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij