वेबटिभी खबर
काठमाडौं । बर्दियाको गेरूवा गाउँपालिका-६ नौरंगामा हिजो साँझ माईक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाकै राजापुर नगरपालिका-१ का ३२ वर्षीय बसन्त थारू रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङ होम नेपालगञ्जमा मृत्यु भएको हो ।
नेपालगञ्जबाट गोलातर्फ आउँदै गरेको भे १ ख ३३६४ नम्बरको माईक्रो बसले पैदल हिडिरहेका थारूलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय पाताभारले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij