Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

हामी पनि निर्वाचनमा जानुपर्छ, यसका लागि एउटा पार्टी बनाउनै पर्छ : महेन्द्र राय यादव [अन्तर्वार्ता]

हामी पनि निर्वाचनमा जानुपर्छ, यसका लागि एउटा पार्टी बनाउनै पर्छ : महेन्द्र राय यादव [अन्तर्वार्ता]

  • 185
    SHARES
  • हामी पनि निर्वाचनमा जानुपर्छ, यसका लागि एउटा पार्टी बनाउनै पर्छ : महेन्द्र राय यादव [अन्तर्वार्ता]

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजनको संघारमा छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई हठात् हटाएर पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी फेरबदल गरेपछि असन्तुष्टि चुलिएको छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सौहार्दपूर्ण तरिकाले अलग हुने सहमतिपछि दुवै पक्षले आ–आफ्नो समूहको केन्द्रीय समितिको बैठक बोलाए । वीरगंजमा बसेको यादव पक्षको बैठकले जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराईसहित नौजना नेताहरूलाई कारबाही गर्यो । कारबाहीमा पर्नेमा मन्त्रीबाट हटाइएका पार्टी नेता महेन्द्र राय यादव पनि छन् । वीरगंज बैठकबाट उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष अशोक राईलाई बनाए । काठमाडाैंकाे जडिबुटीमा बसेकाे डा.भट्टराईको पक्षको बैठकले पार्टी पुनर्गठन गर्ने निर्णय गर्यो । सोहीअनुसार डा.भट्टराई पक्ष तयारीमा जुटेको छ । यिनै विषयको सेरोफेरोमा रहेर मन्त्रीबाट हटाइएका नेता महेन्द्र राय यादवसँग गरिएको कुराकानीको सम्पादित अंश : 

    उपेन्द्र यादव पक्षले तपाईंलाई पदमुक्त गरेको छ । अबको रणनीति के हुन्छ ?

    उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही प्रेस रिलिज जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुनर्गठन गर्छौं । यसको तयारी पनि गरिसकेका छौं । साथै थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी कार्यकारीलाई दिएको छ । उहाँले परिस्थिति अध्ययन गरेर ठोस निर्णय लिनुहुन्छ ।

    पार्टीको कार्यकारी डा.बाबुराम भट्टराई ?

    उहाँ मात्रै होइन । हामी ८–९ जना छौं ।

    नयाँ पार्टी गठनको बारेमा पनि छलफल अघि बढाएको हो ?

    त्यो प्रक्रिया पनि अगाडि बढ्न सक्छ । बढ्नु पनि पर्छ । पुनर्गठनको परिस्थिति हेरेर अघि बढ्छौँ । अहिले त हामी छलफलकै चरणमा छौं । हामीलाई पनि निर्वाचनमा जानु नै छ । यसका लागि एउटा पार्टी नबनाई त सम्भव नै भएन नि !

    तपाईंहरूलाई उपेन्द्र यादवले पार्टीबाट मुक्त गर्ने तर सांसद पद भने यथावत् रहने भनिरहेका छन् नि ?

    उनले कहाँ के गरे, कसो गरे त्यो उहाँकै विषय हो । उहाँका सबै निर्णयलाई हामीले खारेज गरिसकेका छौं । हामीले जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कमिटीको छुट्टै बैठक बसेर पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाइसकेका छौं । 

    maxresdefault.jpg

    तपाईंहरूलाई वीरगंज बैठकको निम्तो आएन ?

    निम्तो आयो आएन ठूलो कुरा होइन । वीरगंज बैठकअघि नै पार्टीको बैठकमा पनि हामीलाई बोलाइएको थिएन । संसदीय दलको बैठकबारे पनि हामीलाई कुनै जानकारी गराइएन । यसरी लगातार बैठकमा नबोलाउनुबाट के देखिन्छ भने पार्टीको विधि विधानभन्दा फरक र गलत भइरहेको छ । यही क्रममा वीरगंज बैठक पनि भयो । यासबारेमा हामीसँग कुनै छलफल भएको थिएन । हामीलाई बोलाइएको पनि थिएन ।

    वीरगंज बैठकअघि पार्टीको मुख्यालयमा तीन जनाबीच छलफल हुनुपर्ने थियो त्यो भएन । दोस्रो, बैठक बसे पनि हामीलाई जानकारी दिइएन् । संसदीय दलको बैठकमा पनि कुनै जानकारी गराइएन् । यसरी एउटा समुहले एक पक्षीय ढंगले अघि बढेपछि हामी जाने अवस्था नै भएन । त्यसैको परिणामस्वरूप हामीले पार्टीको विस्तारित बैठक बोलाएका हौँ । 

    तपाईंहरूले यता बैठक बोलाए पनि पार्टीको बहुमत केन्द्रीय सदस्य त वीरगंज गए नि ?

    बहुमत सदस्य जता गए पनि उनीहरूले दिएको सन्देश महत्त्वपूर्ण छ । उनीहरू सबैको माग अझै पनि पार्टी एकताका लागि छलफल, वार्ता गर, पार्टी पुर्नसंरचना गर भन्ने छ । यो माग महत्त्वपूर्ण कुरा हो । संख्या ठूलो कुरा होइन ।

    तपाईंहरूले यता बैठक नबाेलाकाे भए वातावरण अर्कौ बन्न पनि सक्थ्यो नि होइन ?

    अनि वीरगंज बैठकमा नबोलाएका हामी केन्द्रीय सदस्यहरू कहाँ जाने त ? पार्टीबाट हामीलाई कुनै जानकारी नआएका साथीहरू एक ठाउँमा भेला हुनु त पर्यो । यही कारण जडिबुटी बैठक आह्वान गरिएको हो । 

    maxresdefault.jpg

    भनेपछि उपेन्द्र यादवसँग मिलेरअघि बढ्ने ‘च्याप्टर क्लोज’ नै भइसकेको हो ?

    हाम्रो तर्फबाट यो पार्टीलाई बचाउन म र साथीहरूले बैठकबाटै आह्वान गरेका छौं । पहिला पनि पार्टी बचाउन धेरै नै प्रयास गरेकै हौं । यसरी पार्टी बचाउनुको एक मात्रै उद्देश्य के थियो भने हामी जसपालाई एउटा वैकल्पिक शक्तिका रूपमा बनाउछौं भन्ने नै थियो । तर उहाँहरूले पार्टी कमजाेर बनाउने विभाजनको बाटोतर्फ लैजाने गरिरहनु भयो ।

    तपाईंले काम गर्दागर्दै पनि तपाईंलाई साथ दिइरहेका साथीहरू वीरगंज बैठकमा गए नि ?

    हामी अहिले पनि एउटै दलमा छौं । साथीहरू कहाँ गए कता गए ठूलो कुरा होइन । उहाँहरूसँग अहिले पनि मेरो नियमित कुराकानी भइरहेको छ ।

    पार्टी एकताको बारेमा उपेन्द्र यादवसँगै अहिले पनि कुरा हुन्छ ?

    होइन । पार्टी एकता च्याप्टरको त उहाँहरूले ढोका बन्द गरिसक्नु भएको छ । हामीले बैठकबाट पार्टी एकताको लागि आह्वान गर्दा उहाँले बैठकबाट त्यसतर्फ अघि बढ्ने निर्णय गर्नुपर्थ्याे । त्यो भएन । उहाँले गर्नु भएको कामबाट नै हामीले नयाँ बाटो लिएका हौँ । 

    समावेशी लोकतान्त्रिक पार्टी भनेर नयाँ दल गठन गर्दै हुनुहुन्छ रे हो ?

    यो पार्टी त स्थानीय तह निर्वाचन ताका नै दर्ता भइसकेको छ । यसमा अहिलेसम्म कुनै प्रकारको छलफल भएको छैन । तर साउनको दोस्रो हप्तासम्ममा नयाँ घोषणा चाहिँ हुन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology