Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

भारतको कर्नाटकमा अक्सिजन अभावले २४ संक्रमितको मृत्यु

भारतको कर्नाटकमा अक्सिजन अभावले २४ संक्रमितको मृत्यु

  • 1.1K
    SHARES
  • भारतको कर्नाटकमा अक्सिजन अभावले २४ संक्रमितको मृत्यु

    काठमाडौं । भारतको कर्नाटकस्थित चामराजनगर जिल्लाकाे एक अस्पतालमा अक्सिजन अभावका कारण २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा १२२ संक्रमितकाे उपचार भइरहेकाे थियाे ।

    images

    तर जिल्ला प्रशासनले अक्सिजनको कमीबाट मृत्यु भएको भनेर अस्वीकार गरेको छ । चामराजनगर डेप्युटी कमिश्नर एमआर रविले द हिन्दुसँग कुरा गर्दै मृत्यु हुने सबै गम्भीर अवस्थामा भेन्टिलेटरमा रहेको बताएका छन् ।

    यी बिरामी अक्सिजन अभावका कारण नभइ गम्भीर स्वास्थ्य अवस्थाका कारण मृत्यु भएको रविले बताएका छन् । तर अस्पतालमा अक्सिजनको अभाव रहेको भने उनले स्वीकार गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology