Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

जनार्दन शर्माको पहलमा २९ सिलिन्डर अक्सिजन रुकुम पठाइँदै 

जनार्दन शर्माको पहलमा २९ सिलिन्डर अक्सिजन रुकुम पठाइँदै 

  • 71
    SHARES
  • जनार्दन शर्माको पहलमा २९ सिलिन्डर अक्सिजन रुकुम पठाइँदै 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दश शर्मा प्रभाकरले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउने भएका छन् । कोरोनाका बिरामीलाई उपचारमा कमी हुन नदिन आफू लागिरहेको र चाँडै थप सिलिन्डर जोहो गर्ने शर्माले बताए ।  

    यसैबिच शर्माकै पहलमा रुकुम जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । प्रतिमिनेट ४० लिटर अक्सिजन बहने क्षमताको मेसिन अस्पतालमा लगिएको छ । ‘पाइप लाइनको काम बाँकी छ, केही दिनमै मुख्य लाइनबाट बिरामीको बेडसम्म अक्सिजन लैजाने पाइप जडानको काम हुने छ,’ बायोमेडिकल इन्जिनियर सौभर सिजापतीले बताए ।

    लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा जिल्ला अस्पतालमा अक्सिजनको सिलिन्डरको माग बढेको हो । जिल्ला समन्वय समितिले अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि अक्सिजन प्लान्ट जडानको तयारी सुरु गरेको छ । हरेक स्थानीय तहले कम्तीमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्ने गरी आवश्यक समन्वयको काम भएको शर्माले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology