Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा

  • 374
    SHARES
  • लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश कमिटीको अधिवेशन भदौमा

    काठमाडौं । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ ।

    महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

    आयोजक कमिटिको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज राई छन् । अधिवेशनका लागि १७ जातिय घटक संगठनहरूको इन्चार्ज र संयोजक तोकिएको आयोजक कमिटीका संयोजक राईले बताए ।

    एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा महासंघको प्रदेश स्तरीय भर्चुअल बैठक बसेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij