Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र

दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र

  • 967
    SHARES
  • दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र

     काठमाडौं । नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र प्रवेश गरेका छन् । आर्थर गनका नामले समेत चिनिएका पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातभित्र प्रवेश गरेका हुन् । 

    images

    गायन रियालिटी सोले अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी गराएको हो । अघिल्लो १८ औं संस्करणमा दोस्रो बनेका पोखरेल पछिल्लो संस्करणमा भने टप उत्कृष्ट सातमा प्रवेश गरेका हुन् । 

    कोरोना महामारीका कारण अडिसन लगायतका कार्यक्रम प्रभावित भएपछि अमेरिकी आइडलले गतवर्षका १० जना प्रतिस्पर्धीलाई पुनः गायनको मौका दिएको हो ।

    नेपालमा जन्मिएका पोखरेलको गायकीलाई अमेरिकी आइडलका निर्णायकले रुचाउँदै आएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology