Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

थापा भन्छन्– प्रदेश सरकार आवश्यक छैन

थापा भन्छन्– प्रदेश सरकार आवश्यक छैन

  • 528
    SHARES
  • थापा भन्छन्– प्रदेश सरकार आवश्यक छैन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन् ।

    बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार दिनुपर्ने बताउँदै थापाले प्रदेश सरकारको भने आवश्यकता नरहेको बताएका हुन् ।

    बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए ।

    उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ । संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा पनि बढी अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई वटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ । र, प्रदेश सरकारको आवश्यकता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij