वेबटिभी खबर
काठमाडौं । कालीकोटमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका-७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैशीलाई तिपघाट खोलाले बगाएको हो ।
थिर्पुबाट घर फर्किने क्रममा बिहीबार दिउँसो टिपघाट खोला तर्न लाग्दा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
बेपत्ता भएका जैशीलाई खोलाले बगाएर कर्णाली नदीमा पुर्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij