Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एयर बबल सुविधाअन्तर्गत नेपाल-भारतबीच सातामा दुई उडान हुने

एयर बबल सुविधाअन्तर्गत नेपाल-भारतबीच सातामा दुई उडान हुने

  • 685
    SHARES
  • एयर बबल सुविधाअन्तर्गत नेपाल-भारतबीच सातामा दुई उडान हुने

    काठमाडौं । सरकारले वैशाख २३ गते मध्यरातदेखि लागु हुने गरी नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय गरेको छ ।

    images

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि आन्तरिक र वैशाख २३ गते मध्यरातदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

    तर, चार्टर र उद्दार उडानहरु भने कायमै रहने भएका छन् । एयर बबल सुविधा अन्तर्गत नेपाल र भारतका नागरिकहरु मात्र आवतजावत गर्न पाउँछन् ।

    स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी एयर बबल सुविधाअन्तर्गत उडान गर्न दिने पनि बैठकले निर्णय गरेको छ ।

    पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन दिनसमेत निर्देशन दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology